नेपाल-बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

Photo : khelpati.com
Photo : khelpati.com

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।

बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन्। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।

प्रकाशित मिति: : 2021-09-12 07:11:00

प्रतिकृया दिनुहोस्