थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

७ हजार ८७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८३८ जनामा र ३ हजार १४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन्।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको छ। कोरोना संक्रमणबाट विगत २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित मिति: : 2021-09-12 16:36:00

प्रतिकृया दिनुहोस्