ललितपुरमा भौतिक रुपमा कक्षा सञ्चालनको जिम्मा विद्यालयलाई नै दिइयो (पत्रसहित)

ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिएको हो ।

तर, विद्यालयले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रियाहरु अवलम्बन गर्दै आफ्नो विद्यालयको भौतिक, शैक्षिक अवस्था अनुसार कार्य योजना तयार गरी असोज १ गतेवाट पठनपाठन सम्वन्धी कार्य सञ्चालन गर्न विद्यालयहरुलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख महेन्द्र वहादुर क्षेत्रीले बताए ।

प्रकाशित मिति: : 2021-09-14 19:48:00

प्रतिकृया दिनुहोस्