चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ। खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ।

प्रकाशित मिति: : 2021-09-17 15:51:00

प्रतिकृया दिनुहोस्