नेपाल निजामती कर्मचारी संगठनका कर्मचारी नेताहरू पक्राउ

नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्।

केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो। त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो। विवादपछि प्रहरीले देवकोटासहितका ९२ भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको हो।

केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला आयोजना गर्दै अध्यक्ष घोषणा गरेका थिए। त्यसपछि एउटाले कार्यालय नछोड्ने र अर्कोले कार्यालय कब्जा गर्ने रणनीति बनाएपछि विवाद भएको हो।

निजामती कर्मचारी नेताहरू पक्राउ परेपछि एमाले नेता शंकर पोखरेलले आपत्ति जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा भएको प्रशासनिक हस्तक्षेप निन्दनीय छ। संगठनका अध्यक्ष लगायत सबैलाई तत्काल रिहा गर।'

प्रकाशित मिति: : 2021-09-20 21:54:00

प्रतिकृया दिनुहोस्