ग्यास लिक हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु

ग्यास लिक भई आगलागी हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन्। उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तरमा मृत्यु भएको छ।

ग्यास लिक हुँदा घोरा पंकज खनाल समेत घाइते भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए। गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्यास लिक भएको थियो। श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आगोले जलेको थियो। तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।

आगलागीबाट खनालको घर ध्वस्त भएको छ। खनाल परिवारको उपचारमा समस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए।

प्रकाशित मिति: : 2021-09-21 08:35:00

प्रतिकृया दिनुहोस्