आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली टोली स्वदेश फर्कियो

न्युज कारखाना
न्युज कारखाना

आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ। ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो।

ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो। यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो।

यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन्। उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए।
 

प्रकाशित मिति: : 2021-09-21 12:49:00

प्रतिकृया दिनुहोस्