गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुङ्गे गाउँमा सोमबार पहिलोपटक मोटर पुगेको थियो।
‘गाउँमा गाडी चल्न सुरुआत भएसँगै कृषि उत्पादन बजार पु¥याउन सजिलो हुने भयो। आयआर्जनमा समेत वृद्धि हुन्छ’ स्थानीयवासी यामबहादुर गुरुङले भने।
गाउँमा सडक पुगेसँगै कृषि प्रवद्र्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ।
विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा कृषि उत्पादनमा लाग्न सकेका थिएनन्।
जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुङ्गेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ।
उक्त गाउँमा मोटरबाटो पु¥याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रु २५ लाख विनियोजन गरेको थियो।