थप १४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घन्टामा १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

३ हजार ९३० नमूना परीक्षणमध्ये १२५१ पीसीआर र २२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2021-09-22 16:51:00

प्रतिकृया दिनुहोस्