भूमि आयोग विघटनविरुद्धको रिटमा सुनुवाइ हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।

विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीतर्फबाट दायर गरेको रिटको शुक्रबार आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि सो रिटमा सर्वोच्च अदालतले आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ। सरकारले गत १९ साउनमा आयोग विघटन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2021-09-24 11:34:00

प्रतिकृया दिनुहोस्