नेकपा एकीकृत समाजवादीको कार्यभार र चुनौती

राजधानी दैनिक

प्रेमलकुमार खनाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक हालै सम्पन्न भएको छ । बैठकले समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउने राजनीतिक कार्यदिशाका साथ वैचारिक, राजनीतिक र सांगठनिक गरी तीनवटा कार्यभारलाई तत्काल गर्नुपर्ने कामका रूपमा अगाडि सारेको छ र यसका लागि तीनमहिने संगठन निर्माण, विस्तार र सुदृढीकरण अभियानको कार्ययोजना पनि पारित गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा हुर्किरहेको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद, अहंकारवाद, सर्वसत्तावाद, र अराजकतावादी सोच, चिन्तन, प्रवृत्ति यतिबेला प्रमुख चुनौतीको विषय बनेको समाजवादी पार्टीले निष्कर्ष निकालेको छ । एमालेका केही पक्षमा हुर्कंदै गरेको चिन्तन, प्रवृत्ति र गतिविधिले सिंगो कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण गर्ने कामलाई पछाडि धकेलेर बुर्जुवाकरण गरेर पार्टीलाई व्यक्तिवादको दलदलमा धकेल्ने काम गरेपछि सो पार्टीबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी पार्टीले आफ्नो प्रमुख कार्यभारका रूपमा विचारधारात्मक कामको रूपमा वैचारिक कार्यभारलाई प्रमुखताका साथ अगाडि बढाउने भएको छ ।

सघन ढंगबाट वैचारिक अभियान सञ्चालन गरेर मात्रै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिने निष्कर्ष निकालेको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनमा जुन गलत विचार, विकृति र विसंगति फैलिएको छ त्यसलाई परास्त नगरी कम्युनिस्ट आन्दोलनको रक्षा हुन सक्तैन । गलत विचार र विसंगतिलाई परास्त गर्ने माध्यम भनेकै वैचारिक संघर्षबाट नै हो । यसका लागि माक्र्सवादी साहित्यका लेख रचना र पार्टीका दस्ताबेजहरूको अध्ययन, बहस, छलफल आदि कार्य साथै सघन ढंगबाट प्रशिक्षण सञ्चालन गर्ने र त्यसका निम्ति पार्टीका दस्ताबेजका साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कुल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजउपर विभिन्न ढंगले छलफल चलाउने, विभिन्न प्रकारका अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने र सहभागीबाट सुझाव लिने आदि कार्य गरिने उल्लेख छ ।

एकीकृत समाजवादी पार्टीले दोस्रो महŒवपूर्ण कार्यभारका रूपमा राजनीतिक कार्यभारलाई पनि अभियानका रूपमा अगाडि बढाउने उल्लेख गरेको छ । नेपाली जनताको कष्टसाध्य संघर्षद्वारा स्थापित लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउनु यतिबेलाको हाम्रो मुख्य राजनीतिक कार्यभार हो भनेर उल्लेख गरिएको छ । त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफंै बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्छ । एकीकृत समाजवादी पार्टीले यस कार्यमा पूर्ण निष्ठाका साथ प्रयत्शील रहने उल्लेख गरेको छ । राजनीतिमा व्याप्त भ्रष्टमनोवृत्ति, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरूको खरिद बिक्री आदि कारणले आमरूपमा राजनीतिप्रति वितृष्णा र विकर्षण फैलिएको छ । यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्न भ्रष्टाचार, कुशासन, दलाली, कमिसनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यविरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्न आवश्यक भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: : 2021-09-26 06:25:00

प्रतिकृया दिनुहोस्