साफ च्याम्पियनसिपकाे लागि माल्दिभ्स पुग्याे नेपाली फुटबल टोली

Photo - Adhadhu Sports
Photo - Adhadhu Sports

साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ।

कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो। नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो।

कतारमा नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा भने नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको थियो।

साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदैछ।

 

प्रकाशित मिति: : 2021-09-28 06:46:00

प्रतिकृया दिनुहोस्