सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
बुधबार संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।
यसअघि भदौ १६ गते पेशीमा चढेको सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। सापकोटाविरुद्धको मुद्दा पटक-पटक पेसी चढ्दै आएको छ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ। हत्यामा सापकोटा संलग्न रहेको भन्दै लामाकी श्रीमती पूर्णिमा लामाले २०६८ सालमा मुद्दा दर्ता गरेकी थिइन्।
सापकोटाविरुद्धको फौजदारी अभियोगको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन अवस्थामा छ।