एमसीसी सम्झाैताकाे विरोधमा काेहलपुरमा नेमकिपाकाे विराेध

नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताकाे विरुद्ध बाँकेकाे कोहलपुरमा विरोधसभा गरेको छ।

बुधबार नेमकिपा, कोहलपुर नगर समितिले न्युरोडचोकमा आयोजना गरेकाे कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकाको हिन्द-प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संयुक्त राज्य अमेरिकाको उपनिवेश बनाउने बताए।

'नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्रविरुद्ध नेमकिपाले सडकजदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको छ,' उनले भने, 'गाउँ सहरबाट जनता आन्दोलनमा उत्रिनुपर्ने बेला हाे। कुनै पनि बेला एससीसी सम्झौता संसदबाट पारित गर्न शासक दलहरू लागिरहेका छन्।'

उनले यतिबेला जनताको खबरदारी तथा दबाब जरुरी रहेकाे बताए।

ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुईसय वर्षसम्म उपनिवेश बनाएको उदाहरण प्रस्तुत गर्दै उनले थपे, 'अमेरिकी निगमले नेपाललाई उपनिवेश बनाउन खोजेकाे छ। अमेरिकालाई अफगानस्तानमाथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेपाली कांग्रेसकाे देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागीपरेकाे छ।'

उनका अनुसार एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा छैन। त्यसैले गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्छ।

प्रकाशित मिति: : 2021-09-29 16:51:00

प्रतिकृया दिनुहोस्