'सिक्किम फर्किँदा बुवा-आमालाई नेपालबाट उपहार लगिदिने हैसियत बनाउनु छ' (भिडिओ)

सेतोपाटी

काठमाडौँ

विवेक राई

'कमेडी च्याम्पियन सिजन २' को फाइनल सकिएको एक साता बितिसक्दा पनि दोस्रो बनेका विक्की अग्रवाल आफ्नो जन्मघर भारतको सिक्किम फर्किन भ्याएका छैनन्। अहिले उनी नेपालमै बस्ने सोचले काठमाडौंमा डेरा खोजिरहेका छन्।

कुराकानीको सिलसिला त्यहीँबाट सुरू गर्दा विक्कीले ठट्टा गर्दै भने, 'फाइनलपछि म सिक्किम फर्केको छैन। हारेको मुख लिएर कसरी फर्किनु?'

कमेडियनहरूका लागि यस्ता ठट्टा सामान्य हुन्। तर जीवनमा एकचोटी पनि नेपालमा पाइला नटेकेका विक्कीका लागि यहाँकै रियालिटी सोमा आएर यो सफलता हात लाग्नु सामान्य होइन। विक्की भन्छन्, 'यतिधेरै माया पाउँछु भनेर सोचेको पनि थिइनँ। यही मायालाई सम्झेर गरिरहेकै काममा अगाडि जाने सोचेको छु। हेरौं कहाँसम्म पुगिन्छ!'

कमेडी च्याम्पियनमा आउनुअघि विक्की सिक्किममै 'स्ट्यान्डअप' कमेडी गर्थे। त्यतिञ्जेल उनलाई कमेडी च्याम्पियनको बारेमा धेरै कुरा थाहा थिएन। त्यहीबेला सिजन १ का प्रतिस्पर्धी अनिल राईले विक्कीलाई सिजन २ का लागि अडिसन दिन सुझाए। अनिल र विक्की फेसबुकमा पहिल्यैदेखि साथी थिए। साथीको आग्रहपछि विक्कीले आफूले सिक्किममै गरेको 'सो' को एउटा भिडिओ पठाए। नभन्दै उनी डिजिटल अडिसनमा छनोट भए।

प्रकाशित मिति: : 2021-09-30 11:35:00

प्रतिकृया दिनुहोस्