कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

एजेन्सी

क्वीटो
फाइल तस्वीर
फाइल तस्वीर

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ। बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ। यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो। मंगलबार भएको सो झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरु ५२ जना पुगेको बताइएको छ।

यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन्। उनीहरु आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएका बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार यहाँको समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। 

यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ। इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ। गएको फेब्रुअरी महिनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो।

प्रकाशित मिति: : 2021-09-30 14:57:00

प्रतिकृया दिनुहोस्