बीचमै आइपिएल छोडेर स्वादेश फर्किए क्रिस गेल

BCCI/IPL
BCCI/IPL

वेष्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलले आइपिएलका बाँकी खेल नखेल्ने भएका छन्। उनी  युएइमा चलिरहेकाे प्रतियोगिता बीचमै छोडेर स्वादेश फिर्ता भएका हुन्।

पञ्जाब किंग्समा आवद्ध उनले बायो बबलमा आफूलाई बस्न गाह्रो भएको र आगामी टी-२० विश्वकपका लागि आफूलाई फ्रेस राख्नुपर्ने भन्दै आइपिएलका बाँकी खेल छाेडेर बाहिरिएका छन्।

उनले विश्वकप खेल्नका लागि आफूलाई मानसिक रुपमा फ्रेस हुन केही समय लाग्ने बताएका छन्।

‘म टी-२० विश्वकपका लागि आफ्नो ध्यान दिन चाहन्छु, त्यसका लागि दुबईबाट ब्रेक लिन चाहन्छु।' प्रतियाेगिताबाट बाहिरिदै गर्दा गेलले भने, 'म पञ्जाबलाई धन्यवाद दिन चाहन्छु साथै आगामी खेलका लागि शुभकामना पनि दिन चाहन्छु।’

प्रकाशित मिति: : 2021-10-01 12:11:00

प्रतिकृया दिनुहोस्