एनभिए भलिबलको फाइनल आज

एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज शनिबार हुँदैछ। 

शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन्। 

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो।

पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमै पराजित गरेकाे थियाे। 

महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेकाे थियाे भने त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनाएकाे हाे। 

तेस्रो स्थानका लागि पुरुष तर्फ नेपाल पुलिस र एपीएफ तथा महिला तर्फ नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको विजेताले दुबै तर्फ ४ लाख पाउनेछन्। यस्तै उपविजेता टोलीले समान २ लाख प्राप्त गर्नेछ। तेस्रो स्थानको टोलीले १ लाख पाउनेछ।

प्रकाशित मिति: : 2021-10-02 07:38:00

प्रतिकृया दिनुहोस्