सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का निर्वाचित

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित भएका छन्। एक हजार १९८ मत ल्याएर खड्का विजयी भएका छन् भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन्। खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरेका हुन्। खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए।

उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी भएका हुन्। सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन्।

जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो। जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो। केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ।

प्रकाशित मिति: : 2021-10-04 12:43:00

प्रतिकृया दिनुहोस्