व्यापारी तालाबन्दी गर्ने, विद्यार्थी पठनपाठनको माग राखेर आन्दोलन गर्ने

newskarkhana
newskarkhana

बैतडीको सुर्नया गाउँपालिका-२ सिउडेस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन्। विद्यालयमा पठनपाठनको वातावरण नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्।

विद्यालय भवन निर्माण भएको भनिएको अनियमितताको छानबिन गरी पठनपाठन गर्ने वातावरण हुनुपर्ने भन्दै विद्यार्थीहरूले सोमबार नाराबाजीसमेत गरेका छन्। विद्यालयबाट नारा लगाएर विद्यार्थीहरू सतबाँझ चौराहा पुगेका थिए। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन हुन पाएको छैन।

नेपाल राष्ट्रिय मावि ग्वानीको मल्टिपल भवन निर्माणका लागि व्यापारीहरूबाट निर्माण सामग्री खरीद गरेको र सो बापतको रकम अहिलेसम्म भुक्तानी नपाएको व्यापारीहरूले बताएका छन्। निर्माण सामग्रीको रकम नपाएका व्यापारीहरूले विद्यायमा तालाबन्दी गरेका छन् भने विद्यार्थीहरूले ताला खोलेर आफुहरूको पठनपाठन नियमित हुनुपर्ने माग राखेका छन्।

विद्यालय भवन निर्माणमा अनियमितता भएकाले यसको सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयहरूले माग गरेका छन्। 

प्रकाशित मिति: : 2021-10-04 17:06:00

प्रतिकृया दिनुहोस्