१०३० जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्‍यु

Symbolic photo
Symbolic photo

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार ६०६ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा एक हजार जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७० हजार २२४ रहेको छ। 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ। 

प्रकाशित मिति: : 2021-10-04 17:49:00

प्रतिकृया दिनुहोस्