पोखरामा १८ जुवाडे पक्राउ परेका छन्। पोखरा-१९ लामाचौरस्थित हरीमाया पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। प्रहरीले हरिमायाको घरबाट जुवाडेसहित नगद ४५ हजार ७ सय ५० रुपैंया र तीन बुक तास पक्राउ गरेको हो।
त्यस्तै म्याग्दी घर भई हाल पोखरा-१९ लामाचौर बस्ने ३७ वर्षिया बिना पुनको घरबाट पनि प्रहरीले ९ जना जुवाडेसहित ३४ हजार तीन सय ७० रुपैंया र तीन बुक तास पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।