के लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्ने सम्भावना सकिएको हो

बिबिसी

काठमाडौं

गत भदौदेखि शुरू भएको १२ औँ राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना अनिश्चित देखिएको छ।

सरकारले भारतसँग कूटनीतिक पहल नगरे लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न 'नसकिने' गणना गर्ने निकाय र स्थानीय प्रशासकले बीबीसी नेपालीलाई बताएका छन्।

भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने केन्द्रीय तथ्याङ्क विभागको कार्यतालिका थियो।

तर सो अवधिभित्र लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न नसकिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले बताएको छ।

केन्द्रीय तथ्याङ्क विभागका एक उच्च अधिकारीले पनि त्यहाँ सूचीकरणको काम हुन नसकेको बीबीसीसँग पुष्टि गरेका छन्।

प्रकाशित मिति: : 2021-10-06 07:02:00

प्रतिकृया दिनुहोस्