जुम्लाको तातोपानी गाउँपालिका -५ लाम्राकाे एक घरमा आगलागी भएको छ। बिहिबार विहान घटस्थापनाको दिन पुजा गर्ने कोठामा आगलागी भएको हो।
आगलागीबाट माधव प्रसाद चौलागाईको घर जलेको वडाअध्यक्ष हरि वहादुर डाँगीले बताए। उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएकाे छैन। तर घरमा रहेका अन्न, लत्ता कपडालगायतका सामान जलेर नष्ट भएका छन्।
'आगो लागेको छिट्टै थाहा पाए लगतै स्थानीयले नियन्त्रणमा लिन खोजे पनि नियन्त्रण हुन नसक्दा जिल्ला प्रशासन कार्यालयलाई खबर गर्नु परेकाे थियाे,' उनले भने।
घटनास्थलमै दमकल पुगेर आगो नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए।'खबर आउन साथ चन्दननाथ नगरपालिकाको दमकल शसस्त्र प्रहरी, हाँकु प्रहरी चौकि, नेपाली सेना र स्थानीयको संयुक्त पहलमा आगो नियन्त्रणमा लिन सकियाे,' उनले भने।
अचानक घरमा आगलागी हुँदा घरमा भएका अन्न, लत्ता कपडा लगाएतका सामान जलेर नष्ट भएको पीडित मादव प्रसाद चौलागाइले बताए।
'चाडपर्व नजिकिदै गर्दा घरमा भएका अन्न पात जलेर नष्ट हुँदा खान लगाउन समेत मुस्किन हुने अवस्था आयाे,' उनले भने, 'घरमा आगलागी हुँदा भएर भएको अन्नपात, लत्ताकपडा सबै जलेर बेचैन भएकाे छु।'
क्षतिको विवरण प्रहरी चौकी लाम्रामा पेश गरिएको उनको भनाइ छ।