पर्सामा दाहसंस्कार गर्न लागिएकाे युवतीको शव नियन्त्रणमा

Symbolic photo
Symbolic photo

पर्सा प्रहरीले दाहसंस्कार गर्न लागिएका एक युवतीको शवलाई नियन्त्रणमा लिएको छ। भारत घर भएकी २१ बर्षीया युवती जयुनत खातुनको शव प्रहरी वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

तर परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन्। भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ।

प्रकाशित मिति: : 2021-10-08 11:53:00

प्रतिकृया दिनुहोस्