संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका – ५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।
प्र १०२००३ त १२२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक तामाङको उपचारका क्रममा गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको खत्रीले बताए।
दुर्घटनामा परेर घाइते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए।
खाँदबारी–२ चेवाको भित्री सडक खण्डमा शुक्रबार चेवाबाट चारबरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकदेखि करिब २० मिटर तल खसेको थियो।