थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

नेपालमा पछिल्लो २४ घन्टामा ७६० कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका छन्।

पछिल्लो २४ घन्टामा ८९९ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७५ हजार ७२ पुगेको छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2021-10-09 17:21:00

प्रतिकृया दिनुहोस्