आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ। जसकारण ती प्रदेशमा मनसुनी प्रभाव  छैन। ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन्।

तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ।

राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रकाशित मिति: : 2021-10-10 06:55:00

प्रतिकृया दिनुहोस्