दाङमा २ लाख बढी रकमसहित जुवाको खालबाट १३ जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरा स्थित श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेका १३ जना गएराति १ बजे २ लाख ७ सय ३ सय ५ रुपैयाँसहित पक्राउ परेको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नंं. ९ का ५५ वर्षीय दुर्गा बहादुर घर्ती, सोही ठाउँकै ४१ वर्षीय पुष्कर केसी, ५५ वर्षका होमबहादुर केसी, ५८ वर्षका मनबीर चौधरी, ५८ वर्षकै चिल्लु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले बताए।
उनका अनुसार अन्य पक्राउ पर्नेमा वडा नं. ९ कै वर्ष ३१ का कालीचरण चौधरी, ४१ का कमल चौधरी, ५४ का गिरबहादुर केसी, ४९ का कुमार केसी छन्। त्यस्तै ३३ वर्षका गोविन्द केसी, २५ का कर्णबहादुर विश्वकर्मा, २० का सन्दिप चौधरी र वर्ष ३४ का विष्णु चौधरी रहेका छन्।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी अधिकृतसमेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा डिएसपी रिजालले जानकारी दिए।
जुवातास खेल्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम महिलो पटकलाई ३ महिनासम्म कैद वा तीस हजार जरिवाना गर्ने र दोस्रो पटकलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।