तत्काल निर्वाचनमा जानुपर्छ:नेता सिंह

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानू पर्ने बताएका छन्।

विगतका कमिकमजोरीबाट पाठ सिक्दै सरकार अघि बढ्न नचाहेको भन्दै संसद प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको अवस्थामा ‘फ्रेस ईलेक्सन’ मा जानू पर्ने बताएका हुन्।

नेपाली कांग्रेस काठमाडौ महानगर-२२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले यसअघिको झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्यो ? भन्दै प्रश्न गरेका छन्।

वर्तमान सरकारले पूर्ववत् सरकारसँग पाठ सिक्न नसकेको बताउँदै विधि नमाने सिक्नु भन्दा ममाथि बसेसी मैले जेगरेपनि हुन्छ भन्ने दम्भका कारण ओली सरकार वर्तमान सरकार त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।

उनले गत चुनाव अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पर्‍यो भन्ने कुरा नबिर्सिन समेत अपिल गरे।

देउवा सरकारले यतिका दिन लगायर पुर्णता पाए पछि उठेका गम्भीर प्रसन माथि ख्याल ख्याल सोचन्न नहुने समेत बताए।

प्रकाशित मिति: : 2021-10-10 15:33:00

प्रतिकृया दिनुहोस्