बसको ठक्करबाट बालकको मृत्यु

Symbolic photo
Symbolic photo

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ। 

चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो। 

बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ। बालकको सनाखत हुन सकेको छैन। रासस 

प्रकाशित मिति: : 2021-10-10 20:22:00

प्रतिकृया दिनुहोस्