कालिकोटमा भालुको आक्रमणबाट घाइते भएका नरहिरनाथ गाउँपालिका-४ का २५ वर्षीया लाल बहादुर सहकारीलाई हेलिकप्टरबाट उद्दार गरिएकाे छ।
सहकारीलाई सिम्रिक एयरकाे 9N-AKD हेलिकप्टरबाट उद्वार गरिएकाे हाे।
प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि घाइते सहकारीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे छ।
साेमबार विहान ६ बजेतिर घरदेखि लेकतिर जाने क्रममा भेरेखोलामा भालुले आक्रमण गरेको थियाे।
कालिकोटकाे नरहरिनाथ लगायत अन्य स्थानहरुमा भालुको आक्रमणबाट स्थानीयहरुले सास्ती खेपिरहेका छन्।