राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

File photo
File photo

प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन्। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए। 

=मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याए। पूर्वमन्त्री भानुभक्त ढकालले मुलुकमा स्थायित्व कायम कायम गर्न सबैलाई समेटी अगाडि बढ्न युनियन लाग्नुपर्नेमा जोड दिए। 

युनियनका पूर्वअध्यक्ष एवं प्रदेशका पूर्वमन्त्री हिक्कतकुमार कार्कीले विद्यार्थी हकहित, लोकतन्त्रको संरक्षण र लागुपदार्थ मुक्त नेपाल बनाउने अभियानमा युनियन आगाडि बढ्न आग्रह गरे। 

युनियनका केन्द्रीय अध्यक्ष सुनिता बरालले देशलाई समृद्ध र सुुखी बनाउन साझा लक्ष्यका साथ युनियनले कार्य गर्नुपर्नेमा जोड दिँदै देशभक्त र इमान्दार विचारका  विद्यार्थी बनाउन योगदान पु¥याउनुपर्ने बताए।

युनियनका प्रदेश अध्यक्ष रवीन्द्र सुवेदी, नेकपा एमाले प्रदेश कमिटी सचिव विनोद ढकाल, नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल खेलकूद महासङ्घका उपाध्यक्ष पर्शुराम बस्नेत, युनियनका उपमहासचिव भाष्कर खनाल र गोकर्ण घिमिरेले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा र निजी विद्यालयमा पिछडिएका क्षेत्रका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: : 2021-10-11 19:18:00

प्रतिकृया दिनुहोस्