लामो यात्रा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

फाइल तस्वीर
फाइल तस्वीर

चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्र्याइँ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो।

यस्ता छन् स्वास्थ्य मापदण्ड

सही तरिकाले मास्क प्रयोग गर्ने।
गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने।
यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने।
सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने।
आवश्यक खानेकुरा आफैं बोक्ने।
होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने।
अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने।

प्रकाशित मिति: : 2021-10-12 12:51:00

प्रतिकृया दिनुहोस्