नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ४४६ पीसीआर तथा ३२७ एन्टिजेन परीक्षण गर्दा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार ८४५ जना कोरोना संक्रमणमुक्त भएसंगै देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन्।
यस्तै २४ घन्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ।