टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

सर्लाहीको बागमती नगरपालिका-१, पानी ट्याङकी चोकमा शनिबार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका-१०, का २१ वर्षीय मोहमद कैफ मिकरानी रहेका प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना७ख ६३९१ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको बा६६प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना गम्भीर घाइते अवस्थामा रहेका  मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हरिवन प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा-१० कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते छन्। सुमितको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-05-24 19:14:00

प्रतिकृया दिनुहोस्