दसैँ भत्ताकाे रकम दलित परिवारका विद्यार्थीलाई सहयोग गर्ने सांसद शाहीको घोषणा

File Photo
File Photo

डोल्पाकाे प्रदेश निर्वाचन क्षेत्र 'ख' बाट  निर्वाचित कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाहीले दसैँ भत्ता दलित परिवारका बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नाे निर्वाचन क्षेत्रमा रहेका विद्यालबाट छनाेट गरी प्रदेश सरकारले दिएकाे दसैँ भत्ता वापतकाे रकम सहयाेग घाेषणा गरेका हुन्। 

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय गरिबी र शैक्षिक हिसावमा पछाडि गरेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन राहत होस् भनेर सहयोग गर्ने लागेको उनले बताएका छन्। 

सांसद शाहीले अघिल्लो बर्षको दसैँ भत्ता पनि मुड्केचुला वडा नं ८ मा रहेको दलित बालबालिका अध्ययन गर्ने एक आधारभुत बिद्यालयलाई सहयोग गरेका थिए।

जनताको प्रतिनिधि भएकाले जनताका सुख दु:खमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको उनको भनाई छ। सांसद शाही डोल्पाको राजनितिक भविष्य बोकेका जनप्रिय नेताको रुपमा चिनिन्छन्।

प्रकाशित मिति: : 2021-10-18 09:22:00

प्रतिकृया दिनुहोस्