कोभिड खोप अस्वीकार गरेको कारण वासिङ्टन राज्यका फुटबल प्रशिक्षक बर्खास्त

Photo:BBC
Photo:BBC

वासिङटन स्टेट युनिभर्सिटिका फुटबल प्रशिक्षकलाई कोभिडको खोप लगाउन अस्वीकार गरेकोले वर्खास्त गरेको बीबीसीले जनाएको छ।

४२ वर्षका निक रोलोविच युनिभर्सिटिका वार्षिक ३१ करोड डलर तलब पाउने अर्थात् सबैभन्दा धेरै तलब प्राप्त गर्ने कर्मचारी हुन्।

उनले धार्मिक छुटको लागि भनेर आवेदन दिएको विश्वविद्यालयद्वारा अस्वीकृत गरिएको थियो। 'यो हाम्रो फुटबल कार्यक्रमको लागि एक निराशाजनक दिन हो,' एथ्लेटिक्स निर्देशक पाट चुनले भने, 'हाम्रो प्राथमिकता टीमका युवाहरुको स्वास्थ्य र भलाईको लागि जारी रहनेछ।'

यस वर्षको सुरुवातमा रोलोविचले व्यक्तिगत निर्णय भन्दै भ्याक्सिन नलगाउने  बताएका थिए।

'जबकी मैले मेरो आफ्नै निर्णय लिएको छु, म सम्मान गर्दछु कि कोच, स्टाफ र विद्यार्थी एथलीटसहित प्रत्येक व्यक्ति- कोभिड १९ को खोपको सम्बन्धमा आफ्नो निर्णय गर्न सक्दछ। म मेरो निर्णयमा थप टिप्पणी गर्दिनँ,' उनले भनेका थिए।

कलेजका अनुसार विश्विद्यलयका ९०% कर्मचारीहरु र ९७% विद्यार्थीहरुले खोप लगाइसकेका छन्।

कलेज स्पोर्ट्सले २०१९ मा कुल राजस्वमा १९ अरब डलर कमाएको थियो, जसमध्ये धेरै जसो फुटबलबाट आएको आम्दानी हो, जुन प्रति खेल औसत ५० लाख मानिसहरुद्वारा हेरिन्छ।

प्रकाशित मिति: : 2021-10-20 12:59:00

प्रतिकृया दिनुहोस्