चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेलमा पराजित हुँदा नेपालले २८ वर्षपछि साफ च्याम्पियनसिपमा फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भयो। सन् १९९३ देखि सुरु भएको दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साफ) मा नेपाल पहिलो पटक फाइनल पुगेको थियो।
माल्दिभ्सको मालेमा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकाविरुद्ध शत प्रतिशत जित निकाल्दा तेस्रो खेलमा भारतसँग नसोचिएको प्रदर्शनसहित हार ब्यहोरो। अन्तिम खेलमा बंगलादेशसँग १–० ले पछि परेको स्थितिमा पेनाल्टी गोल गर्दै बराबरीसहित पहिलो पटक नेपाल साफमा ऐतिहासिक रूपमा फाइनल प्रवेश गर्याे।
यद्यपि पुनः नेपालले फाइनल खेलमा भारतविरुद्ध विर्सनलायक प्रदर्शन गर्याे र पराजित भयो।
नेपाल फाइनल पुगेको कुरासँगै नेपाली टोलीका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको मैदान बाहिर र भित्रका क्रियाकलापले समेत खुबै प्रशंसा पायो। साथै केही कुरा विवादास्पद पनि रह्यो। भारतविरुद्ध प्रि म्याच पत्रकार सम्मेलनमा उनले भनेका ‘भारत ९५ प्रतिशत जित्न सक्छ, ४ प्रतिशत बराबर हुँदा नेपालले १ प्रतिशत जित्ने सम्भावना’ शब्द निकै विवादास्पद पनि रह्यो। यसैलाई समर्थकले भने सकारात्मक लिँदै प्रशिक्षकको रणनीति भने।
नेपालको साफ च्याम्पियनसिपको यात्रा, नेपालको रणनीति, नेपाल साफमा कहाँ चुक्यो ? प्रशिक्षक अब्दुल्लाहका विवादास्पद अभिव्यक्तिलगायत प्रसङ्गमा हरि खड्काकाे समीक्षा
हामीले सुरुवाती खेलमा माल्दिभ्सलाई जित्यौँ। माल्दिभ्सले हामीलाई दबाब दिएको थियो। तर, त्यसका बाबजुद हामीले गोल निकाल्यौँ । काउण्टर खेलमा हाम्रो रणनीति सफल भयो। त्यसपछि श्रीलंकालाई जित्यौँ । त्यसपछि बंगलादेशलाई भाग्यले साथ पनि दियो र अन्तिम समय बराबरी खेल्यौँ ।
भारतसँग किन हार्याे भन्ने कुरा आयो ?
भारतसँग खेल्दा जहिले पनि मनोबल र ‘स्टाटस’ कुरा आउँछ। त्यो खेलमा हामीले सुरुमै ९९ प्रतिशत हारेको भान गरिसकेका थियौं। त्यो कुरा प्रशिक्षकबाट आउन नहुने थियो। हामीले खेल अघि नै ९९ प्रतिशत आत्मसमर्पण गरेको कुरा प्रशिक्षकबाट आउन नपर्ने कुरा थियो।
टेक्निकल रूपमा हामी पूरा समय उनीहरूसँग दबाबमा खेल्यौँ । हामीले घरेलु मैदानमा भारतसँग जुन मैत्रीपूर्ण खेलमा आक्रामक सोचका साथ खेलेका थियौंँ। त्यो मैले पाइनँ । अर्काे कुरा प्रशिक्षकको रणनीति पनि हुन सक्छ। ‘पोसेसन बाई’ खेलाडीलाई प्रयोग गरेको देखिन। सुजलको कुरा गर्दा कहिले लेफ्ट ब्याक, कहिले लेफ्ट विंगर खेलाएको थियो। फेरि त्यो दिन राईटमा खेलायो।
टेक्निकल रूपमा हाम्रो मुख्य हतियार अन्जन बिष्ट बाहिर (दुई पहेंलो कार्ड) भयो। त्यसले पनि हामीलाई गाह्रो बनायो। मैले देख्दा भारत हामीभन्दा माथि छ। ‘सुपर’ छ। फाइनल पुग्नु नै हाम्रो लागि ऐतिहासिक सफलता हासिल हो।
जहाँ पनि मनोबलको कुरा आउँछ। ५० प्रतिशत युद्ध जहिले पनि मनोबलकै कारण जितिन्छ। त्यो खेलमा एक त पानी पनि पर्याे । पानीले हामीलाई अलिकति साथ दिन्छ कि भन्ने पनि भएको थियो। तर, भएन। पहिलो हाफ त हामीले रोकेको पनि हो। राम्रो खेलेको त भन्न मिल्दैन। तर, रोकेको हो। दोस्रो हाफमा हाम्रो रणनीति मैले केही पनि देखिन। त्यहाँ उनीहरूको (भारत) रणनीति सफल जस्तो लाग्छ।
भारतविरुद्धको पहिलो खेलको समीक्षा
हामी जहिले पनि आफूभन्दा राम्रा टोलीसँग खेल्दा काउण्टरमा खेल्छौँ । हामी पूरा दबाबमै खेल्छौँ । काउण्टरमा जाँदै गएनौँ । माल्दिभ्ससँगको जुन गोल थियो। त्यो त काउण्टरमै भएको थियो। श्रीलंकासँगको कुरा गर्दा पनि गोल काउण्टरमै भए। त्यो रणनीति सफल भयो। तर, खेलमा केटाहरू (खेलाडी) को मनोबल नै, प्रशिक्षकको ‘स्टाटस’ ले होस् या रणनीतिले हो, रोकौ भनेर पूरा डिफेन्सिभ खेलेको जस्तो लाग्यो। अलिकति अट्याकिङ फुटबल नै खेलेको भए हुन्थ्यो।
माल्दिभ्स र श्रीलंकाविरुद्धको नतिजा
यो पटक हामी भाग्यमानी पनि भयौँ। माल्दिभ्स राम्रो टिम थियो। बंगलादेश र श्रीलंका पनि राम्रो थियो। यो पाँचै टिम ‘ब्यालेन्स’ का थिए। सबैले सबैलाई जित्न सक्ने। भारत अलिकति बलियो देखिएको थियो। यता, माल्दिभ्स पनि बलियो थियो। ऊ प्रतियोगिताबाट बाहिरियो।
प्रशिक्षकका अभिव्यक्ति
त्यो मनोबल बढ्दै जाँदा पनि हामीले जब भारतसँग डिफेन्सिभ खेल्यौँ । हामीले भोलि कुन रणनीति खेल्ने। कस्तो खेल्ने। त्यो त खेल अघिको ‘ब्रिफिङ’ मै हुन्छ। कोचले प्रि म्याचमा बोल्ने सबै त्यही हो। बोल्दै गर्दा कसरी बोले कि हामी भारतसँग तलै छौं भनेर बोलेपछि खेलाडीमा पनि त्यस्तो केही भयो कि भन्ने लाग्छ।
अर्काे कुरा फाइनलअघि राजीनामाका कुरा आए। त्यो राम्रो देखिएन। प्रशिक्षकले १ प्रतिशत मात्रै जित्छ भन्ने कुरा दुवै पाटोमा सोच्न सकिन्छ। रणनीतिमा उनीहरूलाई पछि पारेर हामी गर्न सक्छौँ भनेर पनि सोच्न सकिन्छ। तर, राष्ट्रिय कोच भएपछि त्यस्तो ‘स्टाटस’ मैले सुनेको छैन। पहिलो पटक यस्तो सुनेको हो। विपक्षी नै यति प्रतिशत माथि छ भनेर हामीले बताउने हैन। हाम्रो रणनीति बताउने हो जस्तो मलाई लाग्छ।
राजीनामा प्रकरणका कारण पनि खेलाडीको मनोबल घट्न पुगेकाे हुन सक्छ, खेलाडीलाई मनोबल उच्च गराउने कुरामा। अरु कुरामा खेलाडी खुसी थिएन नि त। उसको (अब्दुल्लाह) राजीनामा कुरा आउँदा, खेलाडीमा स्वतः मनोबलमा असर गर्छ। भोलिको खेलमा के गर्ने, जाने नजाने भन्ने कुरा मनभित्र त परिहाल्छ नि। जो कोचलाई खेलाडी माया गर्छन्, त्यो त परि नै हाल्छ।
२८ वर्षको फाइनल नतिजा
पहिलो पटक फाइनल पुग्यो। त्यो नतिजालाई राम्रो मान्नुपर्छ। माल्दिभ्स जस्तो देशलाई उसैको घरमा पराजित गर्याैँ । त्यो राम्रो मान्नुपर्छ। फाइनल पुग्नु नै अहिलेको अवस्थामा राम्रो मान्नुपर्छ।
(खड्का नेपाली पुरुष टोलीका सर्वाधिक (१३) गोलकर्ता समेत हुन्। पूर्व राष्ट्रिय खेलाडी खड्का एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलुकद (साग) प्रतियोगिता सहित हिरो गोल्डकप, नाझेद्दा कप र ओलम्पिक छनोटको दोस्रो चरणमा महिला टोलीको मुख्य प्रशिक्षकमा रहेर काम गरेका थिए। हाल उनि महिला फुटबल विभाग प्रमुख हुन्। )
रमेश सुवेदी / समाचार एजेन्सी