बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

Getty Images
Getty Images

स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ। आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१  गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो। 

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एक/एक गोल गरे। घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे। 

खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए। उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। 

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो। काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे। उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई  २–० को अग्रता बनाए। 

बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे। सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे। 

जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ।

समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ। पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ। 

प्रकाशित मिति: : 2021-10-24 22:09:00

प्रतिकृया दिनुहोस्