धनकुटा, गोदावरी र गैँडाकोटको विजयी सुरुवात

Photo:NK
Photo:NK

धनकुटा नगरपालिका, कैलालीको गोदावरी नगरपालिका र गैँडाकोट नगरपालिकाले उपत्यकामा जारी उपमेयर कप राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन्।

बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा तीनवटै टोलीले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकालाई ५-० हरायो। यससँगै धनगढीले समूह ुएचुमा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ।

धनगढीको सहज जीतमा रेखा पौडेलले ह्याट्रिक गरिन्। त्यस्तै, चन्द्रा भण्डारी र सीमा रावलले समान १-१ गोल गरे। बुधबार सम्पन्न अन्य खेलमा गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्‍यो। जीतसँगै कैलालीको गोदावरीले समूह ुजीुबाट ३ अंक बनाउँदै दोस्रो चरणको संभावना बलियो बनायो। 

यस्तै, अर्को खेलमा गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई १-० ले हरायो। जीतसँगै समूह 'एफुबाट महत्त्वपूर्ण ३ अंक जोड्दै अर्को चरण नजिक रह्यो।

बिहीबार पहिलो खेल बिहान ९ बजे समूह ‘इ’अन्तर्गत सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ। सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहे पनि प्राविधिक कारणले रोकिएपछि खेल ११ गतेका लागि सारिएको थियो।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो। 

दिउँसो १२ बजे समूह ‘आई’अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कंचनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ। अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुनेछ।
 

प्रकाशित मिति: : 2021-10-27 19:55:00

प्रतिकृया दिनुहोस्