डोल्पा प्रशासनको गाडीमा काँग्रेस नेता सरर...

जिल्ला प्रशासन कार्यालय डोल्पाको गाडी राजनितिक दलका नेता कार्यकर्ताहरु ओसार्न प्रयोग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीको शिफारीसमा मे १ झ १३५ नंम्बरको प्रशासनको गाडी काङ्ग्रेसका नेता कार्यकर्ताहरुले प्रयोग गरेका हुन्।

महाधिवेशन प्रतिनिधि गौरीशंकर उपाध्यायले प्रजिअ अधिकारीलाई भनेर बुधबार साझ घर फर्कनका लागि प्रशासनको गाडी प्रयोग गरेका हुन्।

यस बिषयमा प्रजिअ अधिकारीसँग बुझ्दा गाडी समन्वय प्रमुख शेरबहादुर बुढालाई ल्याउन गएको र जाँदा खाली भएपछि उहाँहरु चढेको बताए। नेता उपाध्यायले फोन गरेपछि चढ्नुस भनेर आफूले भनेको प्रजिअ अधिकारीले स्वीकार गरे।

कुनै बिरामी समस्या परेका सर्वसाधारणले अनुरोध गरे दिनुपर्ने अवस्था पनि आउने प्रजिअ अधिकारीले बताए। प्रशासनको गाडी जिल्लाका अन्य राजनितिक दलका नेताले पनि प्रयोग गर्दै आएका छन्।

जिल्लामा शान्ति, सुरक्षा र अमनचयम कायम गर्ने निकायको गाडीनै कुनै राजनितिक दलका नेता कार्यकर्ताले प्रयोग हुनु प्रजिअको राजनितिक रङ्ग प्रष्ट देखिएको नागरिक अगुवाले बताए।

प्रकाशित मिति: : 2021-10-27 21:44:00

प्रतिकृया दिनुहोस्