रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकियो 

GETTY IMAGES
GETTY IMAGES

स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो।

घरेलु मैदान सान्टियागोमा भएको खेलमा करिम बेन्जेमा, मार्काे एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो। 

बराबरीसँग रियल १० खेलबाट २१ अंक सहित शीर्ष स्थानमा छ। यस्तै ओसासुना भने १९ अंक सहित तालिकाको छैटौ स्थानमा छ। 

रातिकै खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो।

रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे। खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन्। 

अन्य खेलमा १० खेलाडीमा सिमित मालोर्का र सेभियाले १–१को बराबरी तथा रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्‍याे। 

प्रकाशित मिति: : 2021-10-28 06:49:00

प्रतिकृया दिनुहोस्