माओवादी निकट महिला संघको नगर सम्मेलन सम्पन्न, ८१ सदस्यीय नगर कमिटी गठन 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न गरेको छ। शनिवार त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा कार्यक्रम आयोजना गर्दै नगर सम्मेलन सम्पन्न गरेको हो।

नगरका ११ वटै वडाबाट समानुपातिक प्रतिनिधित्वहुने गरी नयाँ नेतृत्व चयन गर्दै ८१ सदस्यीय नगर कमिटी गठन गरी गरिएको अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य तथा कार्यक्रमका सभाध्यक्ष काली चलाउनेले जानकारी दिइन्।

नगर सम्मेलन सफल पार्न नगरका सम्पूर्ण वडाहरुबाट करीब तीन सय जनाको हाराहारीमा महिलाहरुको उत्साहजनक उपस्थिति रहेको चलाउनेले बताइन्।

सत्ता सधैँ एउटैकोको पोल्टोमा नहुने भएकाले आगामी दिनमा माओवादी सरकार आएमा सम्पूर्ण समाजमा उत्पिडित बर्ग महिाला, दलित, दुखी, गरिबको चाहाना अनुसार काम गर्ने उनको भनाइ छ।

कार्यक्रममा उपस्थित भएका नेकपा माओवादी डोल्पाका इन्चार्ज रामलाल बिकले महिला, दलित र उत्पिडित बर्गको पार्टी माओवादी भएको बताए।
कार्यक्रममा देखिएको महिलाहरुको भव्य उपस्थितिनै जनताले देखाएको माओवादी पार्टी प्रतिको आस्था र विश्वासलाइ प्रष्ट पारेको उनको भनाइ छ।

त्यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र डोल्पाका संयोजक मालबहादुर बुढाले आगामी निर्वाचना.मा वडा, गाउँ, नगर, प्रदेश हुँदै केन्द्रसम्म माओवादीको जित हुने बताए।

देशमा संघिय लोकतान्त्रिक गणतन्त्र, समाबेशीता, धर्म निरपेक्षता सबै एजेण्डा माओवादीले उठाएर लागु भएको स्मरण गर्दै जनचाहना अनुसार कामगर्ने पार्टी माओवादीमात्रै भएको उनको भनाइ छ।

नगर सम्मेलनका अवसरमा काङ्ग्रेस र एमाले पार्टीमा आवद्ध करिब ७० जना महिलाहरुले पार्टी परित्याग गरि माओवादी निकट महिला संघमा प्रवेश गरेको अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य उर्मिला विश्वकर्माले जानकारी दिइन्।

हेर्नुस नगर कमिटीको नामावली

अध्यक्ष– चन्द्रकला बुढा

उपाध्यक्ष– सिद्धकुमारी सार्की

उपाध्यक्ष– सुक्का बिक

उपाध्यक्ष– नन्दा विक

उपाध्यक्ष– सुमित्रा उखेडा

कोषाध्यक्ष– कल्पना बस्नेत

सचिव– बिष्णु रावत

सह–सचिव– सितली बिक

सहित ८१ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

प्रकाशित मिति: : 2021-10-30 19:41:00

प्रतिकृया दिनुहोस्