थप ४०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५१८ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ७ लाख ९१ हजार ७८७ जना  पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४०७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-31 16:56:00

प्रतिकृया दिनुहोस्