शीर्ष डिभिजनका चार क्लबलाई एएफसी लाइसेन्स

File Photo
File Photo

सहिद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले एएफसी लाइसेन्स प्राप्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएअनुसार शीर्ष डिभिजनका चार क्लबले  एएफसी लाइसेन्स पाएका हुन्।

लाइसेन्स पाउनेमा गत सिजन लिग विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रो भएको मनाङ मर्स्याङदी क्लब र एपीएफ फुटबल क्लब रहेका छन्। एन्फाले चार क्लबलाई 'फष्ट इन्स्टान बडी' मान्यता दिएको जनाएको छ। 

गत सिजनमा एएफसीले आर्मी फुटबल क्लबलाई मात्रै लाइसेन्स मान्यता दिएको थियो। सोही अनुसार लिग उपविजेता आर्मी एएफसी कप छनोटको प्लेअफमा खेलेको थियो। 

प्रकाशित मिति: : 2021-11-04 18:14:00

प्रतिकृया दिनुहोस्