शक्ति पाइन्छ भनेर पिइने इनर्जी ड्रिङ्कले मुटुलाई हान्छ, एक आइरिस खेलाडीले त ज्यानै गुमाए

शिलापत्र

काठमाडौं

तिहार भन्नेबित्तिकै फूल र झिलिमिलीबाहेक मीठा परिकारको कुरा आइहाल्छ । मिष्ठान्न भोजनबित्तिकै अपवादबाहेक आयातीत पेयहरू छुट्दैनन् । ठ्याक्कै तथ्याङ्क नभए पनि दसैँ र तिहारमा क्याफिनयुक्त पेयहरूको खपत अत्यधिक हुने गरेको छ । 

रेमिटेन्सका कारण केही वर्षयता धेरैजसो नेपालीको क्रयशक्ति बढेको छ । यसले नागरिकमा बिलासी वस्तुको उपभोग अनि खाने, पिउने पदार्थप्रतिको मोह पनि बढाएको छ । त्यसैले अक्सर मानिसहरू पश्चिमा शैलीका खाने, पिउने कुरालाई आफ्नो भोजनमा समावेश गर्नुलाई इज्जत, प्रतिष्ठा वा यसको मानक ठान्न थालेका छन् । गाउँमा पहिलापहिला पाहुना आउँदा दही, मोही वा घरमै बनाएको सर्वत पिलाएर स्वागत गर्ने चलन थियो । अहिले त्यसकाे ठाउँमा डिउ, कोकाकोला वा यस्तै पेय पदार्थले स्वागत गर्ने गरिन्छ । अनि खानेकुरासँग सफ्ट ड्रिङ्क, इनर्जी ड्रिङ्क लिने क्रम बढ्दाे छ । 

खासमा इनर्जी ड्रिङ्कलाई लाभदायक पेय मानेर हामी निर्धक्क पिइरहेका हुन्छौँ । तर, यसको सिधा असर मुटुसँग जोडिएको कुराप्रति हामीमध्ये थाेरैलाई थाहा हाेला । त्यस कारण क्याफिनयुक्त इनर्जी ड्रिङ्क आयातमा नेपाल सरकारले रोक नै लगाएको छ । यद्यपि, बजारमा भएका इनर्जी ड्रिङ्क पनि उच्च क्याफिनयुक्त छैनन्, किटेर भन्न सकिने अवस्था छैन । किनकि, हाम्रा सरकारी संयन्त्रहरूकाे चुस्त अनुगमनमाथि बारम्बार प्रश्न उठ्ने गरेकाे छ । त्यसैले प्रथम पाइलामा उपभाेक्ता आफैँ सचेत हुन जरुरी छ । 

प्रकाशित मिति: : 2021-11-04 19:33:00

प्रतिकृया दिनुहोस्