न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा, इंग्ल्यान्ड पराजित

AP Photo/Kamran Jebreili
AP Photo/Kamran Jebreili

इंग्ल्यान्डलाई हराउदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।

जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे। न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ रनमा अविजित रहे।  इंग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले २-२ विकेट लिए।

यसअघि आबूधाबीमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ५१ रनमा अविजित रहे। न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले समान १ विकेट लिए।

दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित मिति: : 2021-11-11 06:49:00

प्रतिकृया दिनुहोस्