उच्च शिक्षामा विद्यार्थीसँगै विदेशिन्छ अर्बौं रकम - दिनेश गौतम

शिलापत्र

दिनेश गौतम

केशरमहलस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट गत मंगलबार दिउँसो साढे १ बजेसम्म १ सय ६९ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र ‘एनओसी’ लिए । शाखाको ढोकामा एनओसी लिन विद्यार्थीको लामो लाइन देखिन्थ्यो । त्यहीँ लाइनमा उभिएका थिए, झापाका प्रशोधन कडरिया ।  

‘रहरले विदेश को जान्छ र ? यहाँ प्रयोगात्मकमुखी कोर्स छैन, सैद्धान्तिक मात्र हुन्छ,’ उच्च शिक्षाका लागि संयुक्त अधिराज्य (बेलायत) जान लागेका कडरिया कड्किए । कम्प्युटर साइन्स पढ्न २७ लाख खर्च गरेर उनी बेलायत जान लागेका हुन् । ‘यो खर्च त आफूमाथिको लगानी हो नि,’ उनी आफ्नै मन यसरी बुझाउँछन् ।  नेपालमा सम्भावना र अवसर पनि देख्दैनन्, उनी । ‘विदेशमा पनि कहाँ सुख छ र ? दुःखै गर्न जाने हो । तर, आफ्नो सपना छ नि,’ उनलाई उनको सपनाले यूके हुत्याउँदै छ । 

प्रकाशित मिति: : 2021-11-12 21:30:00

प्रतिकृया दिनुहोस्