क्यूभीसीको चलखेलमा सरकार रमिते बन्दा कतार प्रहरी र सुरक्षा गार्डको रोजगारी अन्योलमा (भाग–२)

शिलापत्र

काठमाडौं

कतार सरकारले सन् २०२२ मा हुने विश्वकपमा नेपालबाट सुरक्षा क्षेत्रकमा कामदार लिने भएको थियो ।  कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१९ को जनवरीमै ठूलो संख्यामा कतार प्रहरी र सुरक्षा गार्डका लागि नेपाली युवा लिने घोषणा गरेको थियो ।

मन्त्रालयले सन् २०२० देखि नै करिब ५ हजार प्रहरी र ३ हजार सुरक्षा गार्डमा नेपाली युवा लिने भनेको थियो । तर, रोजगारीका लागि नेपाली कामदार कतार पठाउँदै आएका केही म्यानपावर र नेपालमा सञ्चालित कतार भिसा सेन्टरको चलखेलका कारण कतार प्रहरी र सुरक्षा गार्डको रोजगारी अहिलेसम्म अन्योलमा छ ।

कतारले पटक–पटक प्रहरीका लागि कामदारको माग गरे पनि मागअनुसार कामदार कतार जान पाएका छैनन् ।

प्रकाशित मिति: : 2021-11-14 09:14:00

प्रतिकृया दिनुहोस्